फिल्म ‘परदेशी २’  यति बेला देश दौडाहामा छन् । प्रचार -प्रसारको लागी देश दौडाहामा रहेको फिल्म टिम यती बेला पोखरामा छन्  ।कास्की मोर्डनाइज कलेजमा निर्माण टिमले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरेका थिय। कलेजमा पुगेर फिल्मका मुख्य कलाकार वर्षा सिवाकोटी र प्रकाश सपुतले नाचेका पनि थिय । फिल्मलाई निर्देशक नारायण रायमाझीले निर्देशन गरेका हुन् । फिल्ममा  नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् । आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा केकी र प्रकाशको अलावा नीर शाह, दिलीप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको छ ।