अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो ।फिल्म ‘रावायण’मा काम गर्ने वाचा गरेर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशकसुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनले असाेज ८ गते प्रहरीमा उजुरी दिएको थियो ।अनमोललाई निर्माण टिमले अग्रिम पारिश्रमिकस्वरुप १० लाख रुपैयाँ दिएको थियो । यसपछि अरु कलाकारसहित पोष्ट प्रोडक्सनमा १ करोड १५ लाख खर्च भैसकेपछि अनमोलले काम गर्न अस्वीकार गरेको भन्दै निर्देशक थापाले प्रहरीमा उजुरी दिएका थिए ।