फिल्म ‘परदेशी २’ को बाग्लुङमा प्रिमियर गरिएको छ ।बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौँ बाट उपस्थित केही पत्रकार र स्थानीय दर्शकको बाक्लो उपस्थिति रहेको थियो प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्प गुच्छाले स्वागत गरेका थिए । फिल्मका मुख्य कलाकार बाग्लुङ गायक तथा अभिनेता प्रकाश सपुतको गृह जिल्ला पनि हो ।दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश सपुत , केकी अधिकारी , नीर शाह, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको फिल्मम गीतकार तथा संगीतकार रमेश विजीको कथा लेखन छ ।नारायण रायमाझी निर्देशित फिल्म आगामी असोज २६ गतेबाट नेपालसहित विदेशका विभिन्न ठाउँमा रिलिज हुँदैछ ।