फिल्म `बालापन´ को प्रिमियर गरिएको छ । समाजमा देखिएको कुरालाई चित्रण गरेको फिल्मको राजधानीमा प्रिमियर राखिएको हो । उक्त कार्यक्रममा पत्रकार , फिल्मकर्मी देखी राज्नितिज्ञहरुको समेत उपस्थिति रहेको थियो । फिल्मको बारेमा बोल्दै `समाजमा देखिएको कुरालाई चित्रण गरेको फिल्मले मन्त्री सुदन किराँतीले बताए । आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले फिल्म को विकासमा सरकारको चासो रहिरहेको उनले जनाए ।एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह-निर्माता छन् । फिल्ममा रामकृष्ण खरेलको छायांकन हेर्न सकिन्छ ।शिव आर जीको निर्देशन रहेको फिल्ममा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।