फिल्म ‘रावायण’लाई लिएर अभिनेता अनमोल केसी प्रति अभिनेता प्रदीप खड्काले कटाक्ष गरेका छन् । विवाद चरम सिमामा पुगिरहदा उनले लेखेको स्ट्याटसले सिन क्षेत्रमा छुटै तरङ्ग मच्चाएको छ l सामाजिक सञ्जाल मार्फत प्रदीपले लेखेका छन् l विवाहपुर्वको सम्बन्ध तोडिदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मनपर्न छाड्यो भन्ने, विवाहओत्तर त, सुहागरात मात्र भको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लानुस म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाॅ कुरा मिल्ला र खै। वुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एक तिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ। खैर! चाहे १ दिन होस् वा १ दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो।५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नी! यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ । कानुन राजको विकल्प छैन ।Updated | To whom it was hard to comprehend Marriage (Commitment) पछि Divorce ma जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपुर्ती) चै हुन्छ है ।आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ ।जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोग को मामला हुन जान्छ।Update I Comment मा कुरा बुझ्न साह्रै गारो परेका हरुका लागि म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने, निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुन पर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट । तर सबै system मा बसेर, मनोमानि ढइ॰गले होइन । फिल्म गर्न सक्दिन भन्दा, पख तलाई देखाईदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहाॅ फसे भन्ने नभाको पनि हैन तर system भन्दा वाहिर गैईएन, कोही जान हुन्न । कलाकार एउटा निमित्त मात्र हो, निर्देशक र निर्माता भन्दा माथि हैन । म कलाकार भएर यो स्विकीर्दै गर्दा निर्माता , निर्देशकहरु अनि सरोकारवाला सम्पुर्णलाई म गलत भए सच्चाई दिनु हुन अनुरोध साथै सहि भए एक्कयवद्दता जनाईदिनुहुन अपिल ।Update III अन्ततः केहीबेरको गनथन र मनथन पछि गल्ति जति छिटो स्विकार्यो त्यति हितकर हुने कुरालाई मनन् गर्दै,प्रणालीको सुधार गर्नुपर्छ भन्ने गलत त म पो रहेछु, प्रणाली ठिकै रहेछ भन्ने आत्म आलोचना गर्दै, status मा comment पढेर आयो, नपढी आयो जे आयो ब्याक्तिगत धरणा आयो, सामान्य प्रक्रिया हो! केही समस्या भयन, आफनो लागी मात्र बोल्छ भन्ने सुन्दा उद्योगको लागी, आज कुरै मिल्दैन भनिएको निर्देशक र सम्पुर्ण निर्माताको लागी नि बोल्देको, प्राय सबै तै चुप मै चुप देख्दा बल्ल गलत त म नै रहेछु भन्ने चेत आयो। ल अब म नि सबैले स्वीकार गरको system मा नै चल्ने भए है त ! जो जस्ले मेरो लहैलहैमा प्रणालीको सुधार गर्नुपर्छ भन्ने चेष्टा गर्नु भयो, मेरो सुझाव, गलत त हामि रहेछौ, मुलुक स्वतन्त्र छ, सबैलाई छुट छ।प्रणाली हैन सायद व्यक्तित्व अनुसार यो क्षेत्रमा आउनु चाहिं गलत छ। समयले बताउला । शुभ दिन