कात्तिक १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ निर्माण टिमले राजधानीको ट्राफिक व्यवस्थापनमा सहयोग गरेको छ । चलचित्रका निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री सोमबार हस्तान्तरण गरेका हुन् । निर्माता कुमारले ‘गो’ र ‘स्टप’ लेखिए ३५ वटा साइन बोर्ड हस्तान्तरण गरेका थिए । राजधानीको ट्राफिक व्यवस्थापन गर्न प्रहरीसँग साम्रागी पर्याप्त नभएपछि ‘फाटेको जुत्ता’ टिमले सहयोग गरेको निर्माता अर्जुन कुमार बताउछन् । निकेश खड्काको निर्देशनमा रहेको फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको गीत तथा ट्रेलर सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले रुचाएका छन् ।