फिल्म ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।  ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा सङ्गीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । गीतमा उनीसँगै फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराललगायत पनि नृत्य गर्दै देखिएका छन् । अभिनेत्री सुपुष्पा भट्टको पनि गीतमा नृत्य छ ।निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।


 

 

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित भएर बनेको छ ।फिल्म  आगामी कार्तिक २४ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।