अभिनेता अनमोल केसीले `रावायण´ फिल्ममा काम गर्ने भनेर गत साउनमा पेस्कीबापतको १० लाखको चेक फिर्ता गरेका छन् । विवाद अदालत सम्म पुगे पछि अन्त्यमा आएर अनमोल निर्माण टिमलाई नै पारिश्रमिक फिर्ता गरेका हुन् । सुदर्शनकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले असोज ८ गते आपराधिक विश्वासघातको आरोपमा १ करोड १५ लाख क्षतिपूर्ति माग गर्दै अनमोल विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा असोज १२ गते उनी पक्राउ परे । असोज १४ गते प्रहरीले उनलाई हाजिरी जमानीमा रिहा गर्‍यो । रिहा भएकै भोलिपल्ट अनमोलले निर्मातालाई आफूले लिएको १० लाख फिर्ता गरेका हुन् ।