फिल्म ‘हात्तीछाप’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले दुई पोस्टर सार्वजनिक गरेको हो ।अभिनेता दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई नै प्रस्तुत गरिएको छ । सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’मा कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, सुष्मा निरौला आदिको पनि अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मका  निर्माता पुष्कर गुरुङ र अमलादेवी राई हुन् ।आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा फिल्म रहेको छ ।