सिरिज `डिङ्नो जिबनको साहारा´ को छायांकन सुरु गरिएको छ । दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर सिरिजको छायांकन गरिएको हो । जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ । दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन गर्न उक्त टीम दाङ आएको सिरिज डिङ्नोका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार तथा निर्देशक बुढाथोकीले भन्नुभयो- बुढेसकालको साहारा बन्ने डिङ्नो ले आफ्ना छोरा छोरीलाई बुबा आमाले गलत बाटोमा जान नदिनकको लागि प्रयोग गर्नु हुन्छ । विविध कारणले घर, देश छोड्न बाध्य भएका नेपालीहरुको अन्तरमनको व्यथा समेटिएको टेलिसिरियल हो डीङ्नों उहाँले भन्नु भयो । दाङका विभिन्न पर्यटकीय क्षेत्रमा ५ सय भाग छायांकन गरिने जानकारी दिनुभयो ।संघका अध्यक्ष्य सन्तोष केसीको अध्यक्षतमा भएको साक्षात्कार कार्यक्रमममा बोल्दै पटकथा तथा संवाद पूर्ण गन्धर्वले समाजका हरेक क्षेत्रहरु सामाजिक, आर्थिक राजनैतिक तवरबट अस्तव्यस्त भएको बताउनु भयो यो समयमा यही बेसहारा को साहारा, भरोसा बन्दै गएको डीङ्नो गहन बिषयबस्तु बोकेको छ । कार्यक्रममा नाट्यकर्मी महासंघका महासचिव जेबि डी सि कलाकार तथा परिकल्पनाकार कुलदीप अधिकारी, कलाकार सरिता कठ्यत, अनिसा न्यौपाने र सन्तोषी पौडेल को उपस्थिति रहेको थियो । संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मी, सल्लाहकार सरद रेग्मी लयतकाले सिरिज छायांकन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कलाकार तथा मिडियाकर्मी विष्णु बुढाथोकीको निर्देशनमा निर्माण रहेको `डिङ्नो´ को कथा तथा परिकल्पना कुल बहादुर अधिकारीको रहेको छ । सिरिजको पटकथा /संवाद पूर्ण बहादुर गन्धर्वको रहेको छ । दाङ आसपास छाँयाकन हुने सिरिजको निर्मातामा शैलेश खत्री रहेका छन् भने कार्यकारी निर्माता आनन्द पुन र वसन्त बुढाथोकी हुन् । सिरिजको दृश्य कैद अन्कुर गुरुङले गर्ने छन् । डिङ्नोको शीर्ष गीत योगेश काजी शाहको रहेको छ । सामाजिक कथामा बन्ने सिरिजमा कलाकार जेबी डिसी , कुलदिप अधिकारी, रोस्नी कार्की,पूर्ण बहादुर गन्धर्व, सरिता कठाएत, सन्दीप वस्ति , सागर घिमिरे ,विष्णु बुढाथोकी,सन्तोषी पौडेल,अनिशा न्यौपाने,सुप्रीया अधिकारी,आनन्द पुन,सञ्जय पौडेल, उन्नत जङ्ग उप्रेती, सुजन थापा , आक्रीशा श्रेष्ठको अभिनय रहने छ ।