रिलिज मिति नजिकिँदै गर्दा ‘पशुपति प्रसाद २ : भष्मे डन’ को टिम यती बेला फिल्म प्रचार -प्रसारमा तीव्रताका साथ लागि परेका छन् । अहिले काठमाडौँ उपत्यका र मोफसलका विभिन्न सहरमा फिल्मको होडिङ्ग बोर्ड राख्ने काम भइरहेको छ ।साथै , सार्वजनिक यातायातमा पनि फिल्मको पोस्टर राखेर प्रचार गरिएको छ । निर्माण टिमले काठमाडौँ महानगरपालिका भएर चल्ने करिब १ सयबढि सार्वजनिक यातायातमा पोस्टर राखेर फिल्मको प्रचार गर्ने भएको हो ।निर्माण टिमले काठमाडौँमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक बसहरूमा फिल्मको प्रचार सामाग्रीले रङ्गिएका छन् ।टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्लका अलावा विपिन कार्की, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।