प्रदर्शन हुन केही दिन मात्र बाँकी रहेको चलचित्र ‘ऐश्वर्य’को सेन्सर भएको छ । आइतबार सेन्सर बोर्डले चलचित्रलाई पीजी सबर्टिफिकेट दिएको हो । चलचित्रमा समावेश भएका केही दृश्यका कारण ऐश्वर्य हेर्ने १६ वर्ष कम उमेरका बालबालिकालाई अभिभावकको आवश्यक पर्नेछ ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको गीत र ट्रेलरले चौतर्फी चर्चा पाइरहेको छ । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको ऐश्वर्यमा निर्मल शर्मा र किरण राना उप्रेतीको लगानी रहेको छ। चलचित्र आउदो छठ पर्वको अवसर पारेर कात्तिक ९ गते प्रदर्शन हुदैँ छ ।