बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज अगावै नै दक्षिण कोरियामा ५ शो सोल्ड आउट भएको छ । निर्देशक दिपेन्द्र के खनालले एक पोस्ट सेयर गर्दै फिल्मको दक्षिण कोरियामा रिलिजको दुई हप्ता अगाडी ५ शो सोल्ड आउट भएको जानकारी दिएका हुन् । टिजरकै भरमा फिल्मको हाइप विदेशमा समेत उच्च बनेको हो ।टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।बडादशैंको अवसर पारेर आगामी कार्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।