फिल्म ‘परदेशी २’ टिम यतिबेला प्रचार-प्रसारमा व्यापक रुपमा लागिपरेको छ । कलेजहरुमा प्रचार-प्रसार सरे संगै निर्माण टिमले यतिबेला भक्तपुर चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर फिल्मबारे बताएका छन् । महायज्ञमा पुगेर फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचार गरेका हुन् । निर्देशक एवं कलाकारलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो ।शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए ।रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको फिल्मले  अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले मिलेर फिल्मको निर्माण गरेका हुन् ।वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षाका अलवा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ ।