कान्तिपुर फिल्म एकेडेमीले नेपालमा ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ ।‘कान्तिपुर सिनेमाज्’ नामाकरण गर्दै ओटीटीलाई बलियो रुपमा अघि बढाउने तयारी गरेका हुन् । ‘ब्रह्माण्ड’ र ‘मिस स्कार्लेट’ गरि दुईवटा सिरिज तयार भैसकेका छन् । एकेडेमीसँग आफ्नै निर्माणमा बनेको सिनेमा ‘म’ पनि छ । यी सबै फिल्म र सिरिज ‘कान्तिपुर सिनेमाज्’मा रिलिज हुनेछन् । गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘जुलेबी’ पनि यही ओटीटीमा रिलिज हुने निश्चित भैसकेको छ ।यो ओटीटीमा पाँच श्रृंखलाको वेब सिरिज ‘लभ सूत्र’ पनि रिलिज गरिने भएको छ । सोमबार सिरिजको टिजर सार्वजनिक गर्दै ‘कान्तिपुर सिनेमाज’मा रिलिजको घोषणा गरिएको हो । निरोज महर्जन निर्देशित सिरिजमा शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली, रवीन्द्र झालगायतको मुख्य भूमिका रहेको छ । यो सिरिज प्रेमकथामा आधारित रहेको छ ।