फिट फेशनको आयोजनामा भक्तपुरमै पहिलो पटक`डिजाइनर रन वे अफेयर´ युनिभेलिङ स्टुडेन्ट्स मास्टरपीस् इभेन्ट हुने भएको छ । यही असोज २७ यानिकी अक्टोबर १४ को दीन गपाली सुर्यबिनायक भक्तपुरमा कार्यक्रम हुने भएको हो । भक्तपुर स्थित इम्पेरिएल ब्यान्क्वेटमा कार्यक्रम हुने छ । उक्त कार्यक्रममा १४ जना मोडेलले सहभागिता जनाउने छन् । अकिल बजगाईँ र राजु सुवाल आयोजक रहेको इभेन्टमा ओरिएन एन्टरटेनमेन्ट , कोर्प्रीउ अडियो भिडियो मिल , मोडल म्यानेजमेन्ट कम्पनी थ्री एस् सी म्यानेजमेन्ट सहयोगी र कभरेजेको रुपमा रहेका छन् l अभिनेता रमीत ढुंगाना प्रमुख आतिथ्यता रहने `डिजाइनर रन वे अफेयर´मा होस्ट धुर्व बुढाथोकी , कोरीयोग्राफर कभिना श्रेष्ठ र इभेन्ट सुपरभाइजर नेहा गुरुङ रहेकी छिन् ।