अन्लाइन ब्यान्किङ माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने संगितिक कार्यक्रम "माईपे मेला" हुने भएको छ । दरबारमार्ग स्थित होटल अन्नपूर्णमा होटेलमा असोज २६ गते राखिएको कार्यक्रममा गायक सुगम पेखरेल, द इलिमेन्टस्, कबवेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने छ । आगामी शुक्रबार हुने कार्यक्रम हेर चाहाने दर्शकहरुले www.mypayevents.com बाट समेत टिकट लिन सक्ने छ्न् । केहि दिन अघि मात्रै माईपे इभेन्टस्ले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगितिक कार्यक्रम गरेको थियो ।