यही शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’सिनेमा हलमा राम्रो शोज पाएको छ ।नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका स्टेशनमा गरी फिल्मलाई पहिलो दिन ३६ शोज उपलब्ध गराएको छ । यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीनटा स्टेशनमा कूल १२ शोज दिएको छ ।‘परदेशी २’लाई रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो बाँडेको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ने चरणमा छ
नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको निर्माण रहेको फिल्ममा रमेश बिजीको कथा र पटकथा लेखन छ ।