भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् ।  टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा हुन लागेको लाइभ कन्सर्टका लागी उनी नेपाल आउन लागेका हुन् । यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्सर्टको आयोजना गरिएको छ । रितो रिबाको ‘तू मेरी हीर’  पछिल्लो समय चर्चामा रहेको गीत  हो । लाइभ कन्सर्टमा प्रवेशका लागि १५ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम संयोजक बस्यालले जानकारी दिए ।  टिकट अनलाइन बुकिङ्ख मार्फत गरिने छ । लाइभ कन्सर्टमा सहभागीका लागि ७ बजेदेखि नै खुल्ला गरिने छ । रिबा १० बजे स्टेज चडने आयोजकले जनाएको छ ।