फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ फिल्मले ५७ हजार ६०० अमेरिकी डलर फण्ड जितेको छ । नेपाली रु ७६ लाख ५२ हजार रुपैयाँ फिल्मले जितेको हो । फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो।'राजागञ्ज' उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक फिल्म हो । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ ।फिल्ममा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्प यादवले आदिको अभिनय रहेको छ ।दीपक रौनियार फिल्मका निर्देशक हुन्। रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा संयूक्त लेखन रहेको , ‘राजागञ्ज: द स्काई इज माइन’ले जातीय प्रथा र छालाको रङलाई लिएर हुने विभेदको कथा रहेको छ। यस् अघी रौनियार निर्देशित पहिलो फिल्म ‘हाइवे’ बर्लिन तथा लोकार्नो फिल्म फेस्टिवलमा रिलिज भएको थियो भने उनको दोश्रो निर्देशकीय फिल्म ‘ह्वाइट सन्’ले भेनिस, पाम स्प्रिङ्स, फाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जित्न सफल भएको थियो।