टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ ।शुभम् भुजेलले निर्देशन गर्ने शो को घोषणा पत्रकार सम्मेलन गरेर गरिएको हो । निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भैरहेको छ । मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमीफाइनल राउण्डको सुरुवात हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ ।यो रियालिटी शो नेपालमा बनिरहेका अन्य शोभन्दा भिन्न हुनेछ यो रियालिटी शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्म्भिर बिष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई रहेका छन् । डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आर्कषक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रधान गरिनेछ । यो शोमा डिजिटल अडिसन मार्फत एकल, डोयट तथा ग्रुपमा समेत प्रस्तुती दिएर पठाउन सकिनेछ ।सिने इभेन्ट स्टुडियो प्रालीको व्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङ्गमा दर्शन कोइराला तथा प्रमोशन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी आफै रहेका छन् ।