‘प्रेमगञ्ज’ निर्देशक परिच्छेद सेनले नयाँ फिल्मको घोषणा गरेका छ्न् । उनले ‘महाराजधिराज’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका हुन् । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको प्रस्तुतकर्तामा विराज विष्ट र निर्मातामा टोपेन्द्र विष्ट रहेका छन् ।फिल्मको निर्माण घोषणासँगै आगामी वर्षको तिहारलाई प्रदर्शन पनि निश्चित गरिएको छ ।फिल्मका लागि कलाकारहरु भने तय भैसकेका छैनन् ।यो फिल्ममा सेनको निर्देशनसँगै लेखन पनि रहनेछ ।