फिल्म ‘तेल भिसा’को निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ ।शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच सहकार्य भएको हो । आगामी फागुन महिना देखि छायाङ्न सुरु गरिने ‘तेल भिसा’को मुख्य अभिनेतामा बिपिन कार्की अनुबन्ध भइ सकेका छन भने अन्य कलाकार एवं प्राबिधिकहरुको घोषणा तिहार पछि गरिने छ । नेपाल सहित अमेरिकामा पनि छायाँकन हुने फिल्ममा विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिदैछन ।