गत शुक्रबारबाट रिलिजमा आएको फिल्मले ‘परदेशी २’ ले दर्शकको राम्रो साथ पाएको छ। रिलिजको दुई दिनमै हाउसफूल दर्शक पाएको फिल्मले अझै पनि दर्शकलाई तान्न सक्ने अपेक्षा राखिएको छ । सकारात्मक प्रतिक्रिया पाएसंगै निर्माण टिम राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए भएको निर्माण टिमको भनाइ छ । फिल्मको ‘वर्ड अफ माउथ’ निकै बलियो मिलेको छ। निर्देशक नारायण रायामाझी निर्देशित फिल्ममा प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो फिल्म निर्माण गरेका हुन् ।