महानायक राजेश हमाललाई ओभर रेटेड अभिनेताको उपनाम दिएपछि अभिनेत्री उषा रजकको चर्को आलोचना भैरहेको छ । उनले महानायक हमालमा समर्थकबाट निकै आलोचना र गाली खाइरहेकी छिन् । दर्शकको आलोचनाको सामना गर्न नसके पछी उनले उनल्र हमालसंग माफी मागेकी छिन् । सामजिक सन्जाल मार्फत उनले हमाल र उनका फ्यानहरुलाई माफी दिन आग्रह गरेकी छिन् । उनी लेख्छिन् : म, उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु।मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरु बीच कहिँ कतै हराए ।अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदैन म मन देखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।