फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा छायांकन भैरहेका एक फिल्मको सेटमा पुगेपछिको अवस्था चित्रण गरिएको छ ।जहाँ अभिनेत्री आँचल शर्माले छायांकन गरिरहेकी हुन्छन् । आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सौगात मल्लक, विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।