बलिउड फिल्म ‘टाइगर ३’को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा अभिनेता सलमान खान र कट्रिना  कैफलाई  खतरनाक एक्सन दृश्यमा देख्न सकिन्छ ।परिवार र देश बचाउन उसले दुश्मनसँग गर्नुपरेको संघर्ष चित्रण ट्रेलरमा देखाइएको छ । यशराज फिल्म्सको टाइगर युनिभर्सअन्तर्गतकै फिल्म हो ।

फिल्म हिन्दीबाहेक तमिल र तेलुगू भाषामा पनि रिलिज हुँदैछ ।एक्सन-स्पाइ थ्रिलरलाई मनिष शर्माले निर्देशन गरेका हुन् । आदित्य चोपडाले यशराज ब्यानरमा फिल्म निर्माण गरेका हुन् । यो फिल्म सन् २०१२ को ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’को सिक्वेल हो । फिल्ममा  सलमान र कट्रिनाको अलावा र इमरान हासमीको मुख्य भूमिका रहेको छ ।