अभिनेता अनमोल केसीले आगामी फिल्म ‘फर्की फर्की’को वर्कसप ज्वाइन गरेका छन् । आइतबारबाट उनी उक्त फिल्मको वर्कसपमा जोडिएका हुन् । यतिबेला अनमोलसहित समृद्धि अर्याल, रवि काफ्लेले फिल्मबारे बुझिरहेका छन् । फिल्ममा अनमोलको जोडी अभिनेत्री जसिता गुरुङ रहेकी छिन् । रोहीत अधिकारी र ओमप्रकाश अग्रवालको निर्माणमा बन्ने फिल्ममा निर्देशक सुयोगकै कथा तथा पटकथा रहेको छ ।फिल्मको मनोज ओली र रामु न्यौपाने सह-निर्माता छन् । नरेन्द्र मैनालीको छायांकन हुने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत हुनेछ । लक्ष्मीपूजाको दिन शुभमुहूर्त गर्दै मंसिर १ गतेदेखि फिल्मको छायांकन सुरु हुने भएको छ ।फिल्मलाई गणतन्त्र दिवसको अवसर पारेर २०८१ साल जेठ ११ गतेदेखि रिलिज गर्ने तयारी निर्माताले गरेका छन् ।