बलिउड फिल्म  ‘टाइगर ३’  को चेपुवामा परेको नेपालि फिल्म `दिमाग खराब´ लाई राहत मिलेको छ ।  ‘टाइगर ३’ ले रिलिज मिति सारेपछी उक्त फिल्मलाई केही हद् सम्म राहत मिलेको हो । यसअघि फिल्म निर्माण कम्पनी यशराज फिल्मस्ले नोभेम्बर १० अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, अब यो फिल्म २ दिन पछि अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने छ । भने , त्यसैको दुई दिन अघी यानिकी कार्तिक २४ मा `दिमाग खराब´ रिलिज हुने छ । निर्देशक निस्चल बस्नेतको निर्देशन रहेको फिल्म  सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माणमा बनेको हो । फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको गीतमा विशेष भुमिकामा देखिएकी छन् ।आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।