फिल्म ‘चित्रा’को छायांकन सकिएको छ । ३० दिनमा फिल्मको छायांकन समापन गरिएको हो । इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया व्यानरमा निर्माणमा भएको फिल्मको छायांकन सकिय संगै रिलिज मिति पनि घोषणा गरिएको छ । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म माघे संक्रान्तीको अवसरमा पौषको २७ गते रिलिज गरिने छ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन छ । फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।