बरिष्ठ सन्चारकर्मी तथा नेपालकी पहिलो महिला म्युजिक भिडियो निर्देशक अनुपा श्रेष्ठ अब राजनितीमा सक्रिय हुने भएकी छिन् । करिब डेढ दशकअघी शकिला श्रेष्ठको ‘आँखा जुध्दा’ बोलको गितको भिडियो निर्देशन गर्दै नेपालको पहिलो महिला म्युजिक भिडियो निर्देशकको पहिचान बनाएकी श्रेष्ठ आगामी प्रतिनिधि सभा निर्बाचनमा बिबेकशिल साझा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतक्षतर्फको उम्मेद्धवार बनेकी हुन् । ईमेज च्यानलमा दुइ दशक भन्दा लामो समयदेखी कार्यरत श्रेष्ठले पुरानादेखी नयाँ पुस्ता सम्मका नेपाली गायक गायिकाको दर्जनौ गितको भिडियो निर्देशन गर्नुका साथै महिला अधिकारका मुद्धा उठान गरिएको बिभिन्न लघु चलचित्रको समेत निर्माण तथा निर्देशन गरेकी छिन् । प्रतिनिधि सभा निर्बाचनको उमेद्धवार बनेसँगै ईमेज च्यानलको कार्यकारी निर्माताको पदबाट राजिनामा दिएकी छिन् ।
इन्टरनेस्नल वुमन्स मिडिया फाउन्डेसनको कार्य समिती सदस्य समेत रहेकी श्रेष्ठले पत्रकारितामा बिताएको २० बर्ष भन्दा लामो समयले नेपाली समाज र समाजको बिधमान समस्याहरु नजिकबाट बुझ्ने मौका पाएको भन्दै सम्मुनत समाज निर्माणकोलागी राजनितीमा होेमिएको बताईन् ।