फिल्म ‘महाजात्रा’मा नयाँ कलाकार जोडिएका छन् । अभिनेता दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर वाङ्देल समेत फिल्ममा जोडिएका हुन् । षट्कोण आर्ट्सको व्यानरमा निर्माणमा हुन लागेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् ।१३ गतेबाट छायांकन गर्ने तयारीमा रहेको फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।