फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले अग्रीम टिकट बुकिङमा आक्रामक सुरुवात गरेको छ ।मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म खुलेको अग्रीम टिकट बुकिङ बुधबार साँझसम्म धेरै शोहरु सोल्ड आउट भएका छन् ।देशभरको स्टेशनमा ६३ शो फिल्मले पाएको थियो । अधिकांश शोमा तीव्र रुपमा टिकट बिक्रि भैरहेको देखिन्छ । फिल्मले  मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म ३०० बढि शो पाएको छ l

दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म टुकी आट्र्सको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई  निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । आगामी शनिबार यानिकी फुलपातीबाट प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।