अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट ल’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले खरिद गरेको छ । कम्पनी फिल्मको सह-निर्मातमा जोडिदै फिल्मको अधिकार खरिद गरेको हो । बिक्की महर्जनले निर्देशन गरेको  फिल्ममा नवीन गुरुङको छायांकन रहेको छ ।  ‘आउट ल’मा सुशीलसँगै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय छ । एक्सन-थ्रिलर जनरामा निर्माण भएको फिल्मले कानुन नमान्ने एक पात्रको कथा वाचन गरेको छ । शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायत निर्मातामा रहेका छन्  ।