फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकिएको छ ।दशैंलगत्तै पोखरा र भारतको बैंग्लोर तथा मुम्बईमा दोस्रो चरणको छायांकन फिल्मको हुने छ । यही फिल्मबाट अभिनेता पल शाह कमब्याक गर्दैछन् । फिल्ममा उनको जोडी अभिनेत्री दीपिका प्रसाईसँग बाँधिएको छ ।दीवाकर भट्टराईको निर्देशनमा निर्माण भैरहेको फिल्ममा राज कटुवाल र चन्द्र पन्त निर्मातामा छन् ।सह-निर्मातामा राजु पराजुली, रमा प्रसाँई र नमिता झा छन् भने सहयोगी निर्मातामा अम्बरीश कश्यप छन् । फिल्ममा पल र दीपिकाका अलवा सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईको पनि अभिनय रहेको छ ।