नायिका अदिति बुढाथोकीले आफ्नै ब्यवसायको थालनी गरेकी छन् । वैकल्पिक पेशा सुरु गर्दै उनले बुटिक संचालनमा ल्याएकी हुन् । उनले काठमाडौंको टंगाल (भाटभटेनी)मा ‘तुरण्य नेपाल’ नाममा बुटिक सञ्चालनमा ल्याएकी हुन् । केही हप्ताअघि बुटिकका लागि फोटोसुट गर्न उनी भारतबाट नेपाल आएकी थिइन् । यो बुटिकको इन्स्टाग्राममा उनले साडी र कुर्तीमा फोटोसुट गरेका तस्विरहरु भेटिन्छन् । यतिबेला उनी मुम्बईमा छिन् । बुटिक भने आमा पुष्पा बुढाथोकीले सम्हालेकी छन्, जो फिल्म ‘बाबरी’की निर्मात्री हुन्