फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो शिव’ बोलको गीतमा फिल्मका सम्पुर्ण मुख्य कलाकारलाई देखाइएको छ ।  गीतमा किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द रचना तथा शान्तिम कोइराला र र्‍यापर युनिक पोइटको स्वर सुन्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

 

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई  निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मका निर्माता पनि उनी स्वयं हुन् ।फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।कार्तिक ४ फुलपातीबाट फिल्म प्रदर्शनमा आउँदै छ ।