गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता देखिनै दर्शकको साथ पाएको फिल्म आज दोश्रो हप्तामा आउँदा पनि उत्तिकै रहेको छ । फिल्मले पहिलो हप्ता बक्सअफिसमा राम्रो व्यापार गरेको दाबी निर्माण टिमको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको फिल्मले विकडेजबाट राम्रो पिकअप लिएको हो ।दर्शकबाट राम्रो साथ पाएपछि फिल्मका निर्माता , निर्देशक राजेश बंशल र  नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । फिल्ममा प्रकाश सपुत वर्षा सिवाकोटी , केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर फिल्म निर्माण गरेका हुन् ।