बहुप्रतिक्षित फिल्म ‘दिमाग खराब’  को ट्रेलर रिलिज गरिएको छ । आगामी कार्तिक २४ गतेबाट  प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर केही समय अगाडि रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्की देखाइएको छ ।  फिल्मलाई निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्ष पिक्चर्सको संयुक्त निर्माणमा बनेको ‘दिमाग खराब’मा आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता रहेको फिल्म जनता र शक्ति (राजनीति)को कथामाथि आधारित छ ।फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायतका नाम चलेका कलाकारहरूको मुख्य भूमिका छ ।२०१७ मा आएको ‘लुट २’पछि निश्चल निर्देशनबाट टाढा थिए ।