गायक आनन्द कार्की र गायिका मिलन नेवारको आवाजमा `जनम जनम जिउँला सँगै´ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लक्ष्मीनाथ शर्माको शब्द रचना र सम्भुजित बास्कोटाको संगीत रहेको छ । भिडियोमा नायिका वर्षा राउत र यसराज ग्राचलाई फिचर्ड गरिएको छ । सुब्रत आचार्यले निर्देशन गरेको गीतको भिडियोको दृश्य कैद उत्सव दाहालले गरेका हुन् । भिडियोको सम्पादन र कलरिङ बिजेश पौडेलको रहेको छ । 

चन्द सिंहले गीतको री-एरेन्ज गरेका हुन् । एक समयको उक्त चर्चित गीत पुनः लामो समय पछि कभरमा निकालिएको हो । त्यो समयमा यस गीतलाई सुनिता सुब्बाले गायकी थिइन् भने भिडियोमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री पूजा चन्दको अभिनय रहेको थियो। गीतलाई अमूल कार्की ढालीले एरेन्ज गरेका थिय ।