गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा 'सलल' गीत सार्वजनिक गरिएको छ। गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ । भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन, भने उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले अभिनयमा साथ दिएका छन ।
भिडियोको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन्। भिडियोमा सुरेन्द्र बसेलको सह-निर्देशन रहेको छ।पवन सुश्लिङ्गले भिडियो को दृश्य कैद गरेका हुन्