करीब ७ बर्ष पछि  तहल्का मच्चाउदै आजबाट प्रदर्शनमा आएको सिक्वेल फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्मपहिलो दिननै अधिराज्यभरको सिनेमा घर हाउसफूल रहेको छ  । मल्टीप्लेक्सहरुमा प्राप्त गरेको शोज र बुकिङको अवस्था हेर्दा फिल्मले २ करोडको ओपनिङ गर्न सक्ने सम्भावना देखिएको छ ।फिल्मलाई ६ दिन लामो दशैं विदा छ । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भए फिल्मले विदामै लगानी सुरक्षित गरेर निर्मातालाई राम्रो मुनाफा दिन सक्नेछ ।फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने हुन् ।फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।फिल्ममा खगेन्द्रसँगै वर्षा सिवाकोटीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।