आगामी फिल्म ‘बलिदान’को तयारीमा रहेका निर्देशक तथा निर्माता सन्तोष सेनले रिलिज मिति सहित पोस्टर सार्वजनिक गरेका छन् । फुल्पातीको अवसर पारेर उनले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । फिल्मलाई उनले आगामी दसैँको फुल्पातीमा रिलिज गर्ने अडान लिएका छन् । तिहारपछि छायांकनमा जाने जानकारी गर्दै सेनले फिल्मको घोषणा गरेका हुन्  । राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने फिल्मको टिजरपनि छायांकन गरिसकिएको छ । ६ करोड  लागतमा बन्ने फिल्मको लागी कलाकारको  कास्टिङ्ग चाडै नै गरिने छ  ।तर यसमा प्रदीप खड्का कास्ट हुन्छन् या हुँदैनन् भन्नेबारे भने निर्माण टिमले जानकारी गराएको छैन ।