फिल्म 'बिच्छेद'को गीत सार्वजनिक गरिएको छ । 'गाजले' शीर्षकको गीतमा मुकुन र मेनुकाको प्रेमभाव रहेको छ ।सार्वजनिक गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक सत्यराज चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो फिल्मको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ ।मुकुन र लक्ष्मीका अलावा यस फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

मङ्सिर ८ मा रिलिज हुने यस फिल्मको निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् ।