आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी नायिका मलिना जोशीको आसको साथै करियरको भर भनेको चलचित्र थियो ‘रानी’ । प्राय कुनै पनि चलचित्रको प्रमोसनमा नदेखिने मलिना ‘रानी’को प्रेमोसनमा भने सक्ने जति दौडिएकी थिइन् । तर बाँकी अरू चलचित्र जस्तै रानीले पनि मलिनाको फिल्मी करियरलाई उकास्न सकेन । ‘रानी’ मलिनाको यस वर्षको तेस्रो फ्लप चलचित्र हो । यस अघि ‘संरक्षण’ र ‘लिला’ प्रदर्शनमा आएका थिए । लगातार फ्लप चलचित्रमा देखिएकी मलिनाको बुझिए अुनसार हातमा कुनै चलचित्र छैन । केही समय अघि एक कार्यक्रममा उनले चलचित्र क्षेत्रमा गरिने व्यवहार देखेर छ अभिनय नै छोड्दिन लागेको बताएकी थिइन् । त्यस्तै ‘रानी’ले गर्दा रजतपटमा आफ्नो पुन जन्म भएको उनले भनेकी थिइन् । कतिपय अन्तवार्तामा आफ्नो डेव्यु चलचित्र नै रानी भएको समेत बताउँदै आएकी थिइन् । तर मलिनाको सोचेको जस्तो सफल भने चलचित्र बन्न सकेन न त दर्शक नै हलमा पुग्ए न त मलिनाको अभिनयले वाहवाही पायो । यता ह्याण्डसम अभिनेताको रूपमा रहेका अुनपबिक्रम शाही पनि अन्योलमा छन् । दर्जन जति चलचित्रमा अभिनय गरिसकेका अनुपको हिट चलचित्र मुस्किलले छ । ‘वीर विक्रम’ बाहेक उनी अभिनित चलचित्रहरु हिट हुन सकेका छैनन् । ‘कमलेको बिहे’मा फरक गेटअपमा देखिएका अनुपलाई दर्शकले रुचाउलान् कि रुचाउदैनन् त्यो चलचित्र रिलिज भएपछि थाहा हुने छ । अनुपको अर्को आस भनेको ‘कृ’ पनि हो । कृमा उनी नेगेटिक भूमिकामा छन् । तर विडम्बना उनको दुवै चलचित्र ‘कमलेको बिहे’ र ‘कृ’ रिलिजको कुनै छाँटकाट नै छैन । कमलेको बिहे रिलिजको लागी तयार भएता पनि रिलिज डेट तय भइसकेको छैन भने कृको अझै छायाङ्कन बाँकी रहेको निर्माण पक्षले बताउँदै आइरहेको छ ।