दशैंको अवसर पारेर फूलपाती (कात्तिक ४)देखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले २ करोड माथिको बक्स अफिसमा ओपनिङ गरेको छ ।पहिलो दिन देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई झन्डै साढे २ करोड बराबरको ओपनिङ मिलेको हो । निर्माण टिमले फिल्मको कमाइ सार्वजनिक गर्दै उक्त कुराबारे जानकारी गराएको हो । अबको ६ दिन बिदामा फिल्मले दश करोड माथिको ब्यापार गर्ने आङ्कलन गरिएको छ । प्रदर्शनमा आएसँगै निर्देशक दीपेन्द्र के. खनाल, निर्माता तथा लेखक खगेन्द्र लामिछाने, कलाकारहरु विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरुसँग भेटिरहेका छन् ।