फिल्म "फूलबारी" को युट्युबमा सार्वजनिक भए संगै युट्युब ट्रेन्डिङमा परेको छ । जी टुवान युट्युब च्यानलबाट सार्वजनिक गरिएको फिल्मले युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ । हालसम्म फिल्मलाई १० लाख माथि दर्शकले हेरिसकेका छन् भने फिल्मलाई कमेन्ट सकारात्मक प्रतिक्रियाको बाढी आएको छ । फिल्ममा अभिनेता दयाह्याङ राई , विपिन कार्की ,प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङको अभिनय रहेको छ । यशोधा फिल्मस्ले निर्माण गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।