गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । पहिलो दिन बाट नै दर्शकको राम्रो साथ पाएको फिल्म आज १३ औं दिनमा आउँदा पनि दर्शकबाट टाढा रहन सकेको छैन ।पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट अपार माया पाएको फिल्म हेर्ने चापले बुधबार धेरै शो हाउसफुल छन ।दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख शहरहरु काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग फिल्मको खुशी साटेका थिए ।नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक नारायण रायमाझी र राजेश वंशलले मिलेर फिल्म निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्ममा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।