अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् ।गाइलाई घास काट्न जाने क्रममा शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले घिमिरे घाइते भएको जानकारी दिएका हुन् । घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।