फिल्म ‘रङ्गेली’ को छायाङ्कन नसकिँदै फिल्मको अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि फिल्मको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो ।प्रदर्शन अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा फिल्मको प्रिमियर पनि फिक्स भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।यसअघि जापान, कोरिया र हङकङ गरी तीन देशको फिल्मको वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले किनेको थियो । अस्ट्रेलियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता फिल्मको प्रिमियरको समेत तयारी गरिएको छ । फिल्म भने महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।